जयहोस् - Aksharang
  • २०७७ माघ ४ आइतबार

जयहोस्

पुष्पा सायरा

पुष्पा सायरा

भर्खर घाम निस्केको थियो ।
पुषको घाम निक्कै न्यानो थियो । हातमुख धोएर शुद्ध कपडा फेरेर बा घाम ताप्न बस्नु भो पूर्व कौशीमा ।
हातमा जपको माला, पन्चपात्रो र आचमानी लिएर । आमाले कुशको आसनी राखिदिनु भो । बसिरहेर बाले रामायण बालकाण्ड पाठ गर्नु भो । भए प्रकट कृपालु दिनदयालु. भन्दै । स्तोत्रहरूको पाठ पनि सकनु भो ।
सानी दुलहीले चियालिएर आईन । केटा केटी आमा पछ्याउँदै निस्किए र थपथप हजुरबाका वरीपरी बसे ।
बाले हनुमान् चालिसा सुनाउँनु हुन्थ्यो । सुनाउनु भयो ।
अनि साना सानाहातले कोही हजुरबाको गाला छुन्थे । कोहीकाँधमा चढ्थे काखमा लडी बुडी गर्थे । बा पुलकित हुनुहुन्थ्यो त्यसै त्यसै । हुनु भो ।
आमाले अलि सतर्क गराउनुभो केटा केटीलाई ।
हजुरबा क्यान्सर पिडित यिनै केटा केटी सँगको संगमा बसेर खुशी हुनुहुन्छ । यिनैसंग बसेर रोग घटेको छ । यिनैसंग बसेर नरम्, तातो, पाकेको, मिठो सादाखानु हुन्छ । बेला बेलामा खाईरहेर त हो । यो न आमालाई थाहा छ न बालाई नै ।
बुहारी यसरी नै बाको वरीपरी फूल जस्ता बच्चालाई चिटिक्क पारेर राखिदिन्छिन् । आमा त्यतै बसेर सानातिना काम गरिरहनु हुन्छ । बुहारी घर मिलाउन, भान्छातिर काममा लाग्दछिन् ।
अहो ! छोरा ? त्यत्तिकै धनि छन् त्यस घरमा ।
पैसा त खर्च हुन्छ, रोगी बिरामी केटा केटी भएको घरमा ।
सानै जागिर छ तर शान्ति र प्रेम उत्कर्ष छ ।


(बिराटनगर निवासी सायरा सक्रिय कवि हुन ।)
puspa@gmail.com