कुसुम-पथ - Aksharang
  • २०७७ मंसिर १७ बुधबार

कुसुम-पथ

ऋृतु सिंह

ऋृतु सिंह

मेरो रहरको सपनामा तिमी सहर बनी छायौ रे
मेरो विषको प्यालामा तिमी पीयूष बनी आयौ रे

म हिँड्ने काँडाको बाटोमा तिमी कुसुम-पथ बनी छायौ रे
म मृत्युलाई कुरिरहँदा तिमी सञ्जीवनी बनी आयौ रे

म एकान्तमा टहलाइ रहँदा तिमी कोइली बनी गायौ रे
म सारंगी रेटिरहँदा तिमी सरगम बनी छायौ रे

कैयौँ रात छटपटिएको सिरानीमा तिमी निन्द्रा बनी छायौ रे
तर्साउने डरलाग्दो सपना चिर्दै तिमी परी बनी आयौ रे

मैले श्वास लिने परिधिभित्रमा तिमी अक्सिजन बनी छायौ रे
उनले दिएकी चोटको घाउमा तिमी मलम बनी आयौ रे ।


(भरतपुर, चितवन सिंह प्राध्यापन पेशामा आवद्ध छिन्)
thakuriritusingh@gmail.com