कालको अनुहार - Aksharang
  • २०७७ असार २४ बुधबार

कालको अनुहार

दुर्गा विनय

दुर्गा विनय

मृत्युको अनुहार चलचित्रमा देखाएको जस्तो नहुँदो रहेछ । यमराजजस्तो कालो राँगोमा बसेर ऊ आउँदैन रहेछ । हलिउडका चलचित्रमा देखाएजस्तो कालो बर्को ओडेर, अनुहार छोपेर ऊ बग्दै नआउँदो रहेछ । ऊ भयाङ्कर नहुँदो रहेछ । डरलाग्दो नहुँदो रहेछ । कालको अनुहार त ठ्याक्कै आफ्नै जस्तो हुँदोरहेछ । आफ्नै अनुहार ऐनामा हेरेको जस्तो । हुबहु आपूm नै जस्तो । यो दिव्य ज्ञान मैले चाड पुगेपछि पाएँ । आफैँलाई आफैँले लान खोजेको देखेर आत्तिएँ, डराएँ पनि । कराएँ पनि हुँला तर याद छैन ।

०००
डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपति भएपछि ¬संयुक्त राष्ट्र सङ्घले विभिन्न कार्यक्रममा पाउँदै आएको अनुदान एकाएक घट्यो । ती विभिन्न कार्यक्रममध्ये शरणार्थी पुनर्वास कार्यक्रम पनि एक थियो । बाराक ओबामा राष्ट्रपति हुँदा अमेरिकाले ८० हजार शरणार्थी पुनर्वास गराउँदै आएकोमा, सो सङ्ख्या घटेर ४५ हजारमा पुग्यो । सो सङ्ख्या घट्नेबित्तिकै यूएनएचसीआर पनि कर्मचारी कटौती गर्न बाध्य भयो । करार सकिने थुप्रै कर्मचारीमा म पनि एक परेँ । जाम्बियाको सोल्वेजीमा कार्यरत म¬ेरो करार अचानक सकियो । २०१७ को अप्रिलमा म घर फर्किएँ । तीन महिनाको घर बसाइपछि मैले नयाँ ठाउँमा जागिर पाएँ । मध्ये अफ्रिकाको चरम गरिब देश चाडको दक्षिणी भाग गोरे भन्ने ठाउँमा ।
जागिरको रमाइलो पक्ष भनेकै हरेकपटक नयाँ देश, नयाँ परिवेशमा काम गर्न पाउनु पनि थियो । चाडको बारेमा गुगल गरी हेरेँ । यूएनडीपीले सन् २०१७ मा प्रकाशित गरेको मानव विकास सूचकाङ्कमा चाड १८६ औँ स्थानमा थियो । चाडभन्दा मुनि मात्र तीनवटा देश रहेछन् । साउथ सूडान, सेन्ट्रल अफ्रिकन रिपब्लिक र निजेर । चाडको चार महिने बसाइमा मानव सूचकाङ्कमा चाड किन सबैभन्दा पुछारमा छ भत्रे बुझ्न मलाई खासै गाह्रो परेन ।

०००
इथियोपियन एयरलाइन्सको लामो यात्रापछि मैले १९ जुलाई २०१७ मा चाडको राजधानी एनजामिनामा अवतरण गरेँ । अन्तर्राष्ट्रिय एयरपोर्ट भए पनि शान्त थियो । थोरै मात्र अन्तर्राष्ट्रिय उडान हुँदा रहेछन् चाडमा । इथियोपियन एयरलाइन्सबाहेक एयर फ्रान्स, क्यामरूनको राष्ट्रिय एयरलाइन्स अनि अरू एकाध एयरलाइन्सहरू । एनजामिना आपैmँ पनि सानो सहर देखिन्थ्यो । भौतिक पूर्वाधारको खासै विकास नभएको । एउटा स्तरीय मल नभएको, स्तरीय अस्पताल, अन्तर्राष्ट्रिय स्तरको स्कुल नभएको सानो सहर थियो एनजामिना । एनजामिनामा एकहप्ता बसेर मैले गोरेतिर लाग्नु थियो । होटल इबिसमा बसेको बेला रेडक्रसका एक कर्मचारीसँग भेट भयो । ऊ आइभरी कोस्टको रहेछ तर अमेरिकामा पढेको । ‘यूनिभर्सिटीमा मेरो रूम पाटनर नेपाली थियो ।’ नेपालसम्बन्धी उसले सुनेको कुरा सुनायो । मैले शिर हल्लाएँ ।
‘कति भो यहाँ आएको ?’
‘छोटो मिसनमा आएको थिएँ । पर्सि नै फर्किंदै छु । तिमी केमा काम गर्छौ ?’ मैले मेरो कामको बारेमा भने । ‘धत्र मेरो मिसन सकिइहाल्यो । बट यू बि केयरफुल दिस प्लेस इज समथिङ् एल्स ।’
‘भत्राले ?’
‘होटलदेखि बाहिर हत्तपत्त निस्की नहाल्नू । निस्की हाल्नुपरे पासपोर्ट लिएर, अफिसको गाडीमा मात्र निस्कनू ।’ मलाई अचम्म लाग्यो किनभने म पुगेको कुनै पनि देशमा विदेशीलाई अझ यूएनमा कार्यरत कसैलाई पनि हिँड्न त्यति धेरै गाह्रो थिएन ।
‘यहाँ पुलिस, सेनालाई तलब थोरै दिन्छ सरकारले । चरम गरिबी छ । तिमी विदेशी हौ भत्रे थाहा पाए भने,’ एकछिन मतिर हेरिरहेर फेरि ऊ बोल्यो– ‘तिमीलाई त देख्नेबित्तिकै कि इन्डियन, कि अरबी ठान्छन् । पासपोर्ट, पर्मिट माग्छन् । तिमीले नदिए खोसेर लान्छन् । अनि तिमीले उसलाई तिनले मागेजति पैसा नदिइन्जेल पासपोर्ट दिँदैनन् । कत्तिको त च्यातिनै दिन्छन् । त्यसकारण बि भेरी केयरफुल ।’ म अवाक् भएँ ।
त्यस सल्लाहपछि एक हप्ता एनजामिनाको बसाइमा म होटलदेखि अफिस, अफिसदेखि होटल मात्र गरेँ । बाटो बीचमा राखिएको चेक प्वाइन्टमा सेनाले सर्वसाधारणको परिचय–पत्र मागेको, विदेशीको पासपोर्ट मागेको देख्ने गरेको थिएँ । हरेकपटक अफिस जान लाग्दा ड्राइभरले ‘पासपोर्ट बोक्यौ ?’ भनेर सोध्ने गरेको अझै याद छ । हप्ता दिनपछि एनजामिनाबाट यूनासको ९ग्ल्ज्ब्क्० को फ्लाइटमा मुन्डू पुगियो । संयुक्त राष्ट्र सङ्घको कर्मचारीहरूलाई यात्रा गर्नको लागि यूएनकै फ्लाइट थियो यूनास । चाडमा भौतिक संरचनाको विकास न्यून छ । एक सहरबाट अर्को सहरसम्म पुग्ने राम्रो बाटो छैन । गोरेटोजस्तो देखिने झाडीहरूबीचबाट गएका साना बाटाहरू छन् । यूएनका कर्मचारीहरू प्रायः यूनासकै ट्विनअटरमा यात्रा गर्ने गर्छन् ।
यूनासको ट्विनअटर विमान पर्खंदै गर्दा मलाई घरको याद खुब आइरह्यो । मुन्डू उड्नु अघिल्लो साँझ एलिससँग इबिसमै भेट भएको थियो । उनी विगत दुई वर्षदेखि गोरेमा कार्यरत रहिछन् यूएनएचसीआरमै । छोटो विदामा फ्रान्स जानलागेकी रहिछन् । उनको वर्णनले गोरे हरेक कुरामा विकट छ भन्ने प्रस्ट थियो । विकटताकै कारणले अफिसले हरेक आठ हप्तामा कर्मचारीलाई एक हप्ता विदा दिने गरेको रहेछ ।
‘बिरामी प¥यौ भने त खत्तमै हुन्छ । मस्क्विटो रिपिलेन्ट लिएर जानू । मलेरियाको प्रकोप नै छ । शरणार्थी शिविरहरू खासै टाढा त छैनन् तर बाटो राम्रो नभएको हुनाले घन्टौँ लाग्छ शिविर पुग्न । दिउँसो असाध्य गर्मी हुने अनि राती फेरि सारै चिसो हुनाले शरीर छिट्टै गलेको अनुभव हुन्छ । पानी धेरै खानुपर्छ ।’

०००
मुन्डू चाडको दोस्रो ठूलो सहरमा गनिन्छ । एनजामिनापछिको औद्योगिक सहरको रूपमा मुन्डूलाई लिइँदोरहेछ । मुन्डू सहरकै छेउमा चिनियाँहरू थुप्रै खानीमा काम गर्दैछन् भन्थे मित्रहरू । चिनियाँहरूलाई लक्षित गरेर ठूलो होटल पनि खोलिएको रहेछ मुन्डूमा ।
‘आलु र चिनियाँ नपुगेको कुनै एउटा देशको नाउँ भन !’ भनेर एक दिन ऐडन मज्जाले हाँसेको थियो ।
मुन्डूबाट दुई सय किलोमिटरमा गोरे थियो । लोगोने ओरियन्टल प्रान्तको राजधानी थियो गोरे । तर नेपालको मधेसको कुनै दुर्गम सानो गाउँजत्तिको पनि विकास भएको थिएन । मुन्डूबाट गोरेसम्म पुग्ने राम्रो बाटो थिएन । ग्राभेलसम्म नभएको बाटो खाल्डाखुल्डीहरूबाट जोगिँदै हामी पाँच घन्टापछि राती आठ बजे गोरे पुग्यौँ ।

०००
‘को हौ तिमी ?’ आफूजस्तै मान्छेलाई आफ्नै कोठामा देखेजस्तो लागेर आत्तिएँ । ज्वरोले शरीर रापिएको कोइलाजस्तो भएको थियो । साँझ पाँच सय एमजीको दुईवटा प्यारासिटामोल खाएर सुतेको थिएँ । ब्यूँझँदा पसिनाले ओढ्ने¬–ओछ्याउने सबै भिजेको रहेछ ।
‘म तँ नै हुँ ।’ धेरै ज्वरो आयो भने मान्छे बहुलाउँछ भत्रे सुनेको थिएँ । ‘आपूm पनि बहुलाएँ कि !’ भत्रे संशयले टाउको छामी हेरेँ । चिसो थियो । तर पसीना आएपछि शरीर चिसोले काम्न थालिसकेको रहेछ । पेट बाउँडिएर दुखि नै रहेको थियो । कटक्क खाएर, चर्पी जान खोजेँ । जुरूक्क उठ्न खोज्दा कोठा फनफनी घुम्यो ।
‘दुई–चार दिन तँ सङ्घर्ष गर्नेछस् । आफूसँग हार खाएर तँ ममा लिन हुनेछस् ।’ बिस्तारै उठेर भित्ता समाउँदै कोठाको अर्को छेउ पुगेर बत्ती बालेँ । त्यही भित्ताको सहारामा चर्पीसम्म पुगेँ ।
कमोटमा बस्दै गर्दा थाहा भयो– शरीरको सबै जोड्नीहरू दुिखरहेका रहेछन् । पेट दुखि नै रहेको थियो । ‘के खाएँ र ? कसरी यसरी अचानक बिरामी भएँ ?’ अघिल्लो दिन भेडाको कलेजो खाएको थिएँ । खासै पाकेको थिएन तरै पनि दिगमिग गर्दै खाएको थिएँ । ‘त्यसले गर्दा त बिरामी परिनँ ? फुड पोइजन पो भयो कि ? फेरि मलेरिया भयो भने त खत्तम हुन्छ ?’
गोरे पुगेको अर्को महिना, अगस्टमा नै म मलेरियाले एक हप्ता थलिएको थिएँ ।
‘गोरे आयौ अनि मलेरिया भएन भने त कहाँ हुन्छ र ? गोरेले स्वागत गर्ने नै मलेरियाले हो ।’ हाम्रै अफिसमा रहेको इन्फर्मरीमा कार्यरत नर्स बानीले भनेको थियो मलाई । मलेरिया टेस्ट पोजिटिभ आएपछि कोर्टम खान दियो तर त्यसले खासै काम नगरेपछि मलेरियाको अचूक र पुरानो औषधी क्विनिन प्रिस्क्राइभ ग-यो । तर क्विनिनको साइड इफेक्ट धेरै रहेछ । क्विनिन सेवन गर्न थालेपछि कान कम सुन्ने, रिँगटा नलाग्ने र उडेजस्तो महसुस हुने । क्विनिन खाएलगत्तै म सुत्ने गर्थें ।
‘फेरि मलेरिया त भएन ?’

०००
बल गरी कमोटबाट उठेँ । बेसिनमाथि भित्तामा अडिएको ऐनामा त्यो अनुहार हाँस्यो । ‘कत्ति आत्तिन्छस् ! छिट्टै तँ त्यहाँ पुग्नेछस् जहाँ सीताजी (माताजी), अनि हजुरआमा तँलाई पर्खेर बसिरहनुभएको छ ।’ एक अँजुली पानी अनुहारमा छ्यापेँ । अनुहार पखाल्न खोजेँ, तर छातीबाट केही हुँडलिएर उँभो आयो । आउँदा–आउँदै त्यो चीज मुख, नाकबाट अविरल बग्नथाल्यो । अमिलो, टर्रो गन्ध । नाक पीरो भयो । आँखा पोलेर आँसु बग्नथाले ।
फेरि ऐना हेरेँ । ‘यहाँ ल्याएर तँ मलाई लान सक्दैनस् ।’ नाक पुछ्दै गर्दा बोल्न खोजेँ । तर घाँटी पोल्न थालिसकेको रहेछ । मनमनै बोलेँ– ठूलो स्वरमा । खुट्टाहरूले शरीर थाम्न नसक्ने सङ्केत दिन थालिसकेका थिए । काम्दै गरेका खुट्टा, घुम्दै गरेको टाउकोलाई भित्ता समाउँदै खाटसम्म पु¥याएँ । ‘एक हप्तामा तँ घर जान्छस् । तर कसरी भत्रे मात्र हो ।’ मैसँग खाटमा पल्टियो त्यो मैजस्तो देखिने अनुहार पनि । भर्खर बाह्र बजेको रहेछ । बिहान हुन अझै छ घन्टा थियो । भित्र कतै मन आत्तिन थालिसकेको रहेछ– ‘छ घन्टा भ्याउँछु त ।’
‘तेरो त मनको आवाज पनि सुन्छु, प्रस्टै ।’

०००
गोरेमा झरी पर्न थालिसकेको रहेछ । पेन्डे खोलाको किनारमा रहेको गोरे, पेन्डे खोलाको रौद्र रूपले हरेक साल त्रसित रहँदो रहेछ । बौलाएर पर्ने पानीसँगै मलेरिया, टाइफाइडले गोरेले हरेक साल कसै न कसैलाई विदा गर्दो रहेछ । गोरेवरिपरि रहेका अम्बोको, गोन्जे, दोसे र दोहोलो शरणार्थी क्यापमा बस्ने शरणार्थीको दुःखको कथा त यहाँ भनिसाध्य छैन । हरेक वर्षको मनसुनमा झुपडी बग्दोरहेछ । फेरि बनायो, फेरि बग्दोरहेछ । शरणार्थी शिविर जान पेन्डे खोला तर्नुपथ्र्यो । पेन्डे खोलामा बनेको पक्की पुलको एक भाग खोलामै भासिएर पुल कोल्टिएको थियो । अफिसको गाडी वारि छाडेर, पारिसम्म हिँड्नुपर्ने । अनि पारिबाट अर्को गाडी चढेर क्याम्पसम्मको यात्रा गर्नुपर्ने । बाटोको अवस्थाले २०–३० किलोमिटरको दूरी यात्रा गर्न पनि एक–डेड घन्टै लाग्ने ।
‘पुल कहिले बनिन्छ’ भत्रे जिज्ञासामा एक सहकर्मीको उत्तर सहज थियो– ‘यो भत्किएकै वर्षौं भैसक्यो । यो पुल पूरा नभत्की यहाँ नयाँ नबनिएला ।’ लाग्थ्यो देश–जनता पुल पूरै भत्किने प्रतीक्षामा थिए ।
साँझमा बैठक कोठामा खाना खाइसकेपछि, म र आइडन बसेर बीबीसी च्यानल हेथ्र्यौं । ५० वसन्त कटाइसकेका आइडन, उमेर र अनुभवले पाका थिए । विभिन्न ठाउँमा काम गरेको अनुभव सुनाउँथे । विश्वको भू–राजनीतिमा उनको विशेष रूचि थियो । ब्रेग्जिटले युरोपबाट बेलायतलाई एक्ल्याउने विषयले उनी विशेष चिन्तित थिए । हामीबीच चाडको राजनीतिसम्बन्धी पनि कुरा हुनेगथ्र्यो । सुक्से अर्का मिलनसार मित्र थिए क्यामरुनका । उनको तर्क थियो– ‘अरब स्प्रिङ् अब मध्ये अफ्रिकातिर आउने छ । पहिला त्यो सूडानमा आउने छ अनि चाडमा पनि ।’
सन् १९९० देखि राष्ट्रपति इड्रिस डेबीले चाडमा एकछत्र सैनिक शासन गरिरहेका थिए । देशको चरम गरिबी अनि घरिघरि बोको हरामको आक्रमणले देश र जनतालाई धकेलेर कुनामा पु¥याइरहेको थियो । बाल मृत्युदरको बढ्दो क्रम, जनताको नैराश्यता र सरकारको जनताप्रतिको जवाफदेहिताको कमीले असन्तुष्टि बढाउँदै लग्दैथियो ।
‘यो यस्तो ज्वालामुखी हो, जो अहिले ध्वाँउदैछ । यो जहिले पनि विस्फोट हुनसक्छ ।’

०००
ब्यूँझँदा जाडोले शरीर कामिरहेको रहेछ । तर पसीनाले अमिलो पनि गन्हाइरहेको रहेछु ।
‘छ घन्टा बित्यो त ?’ एउटा झिनो आशा धिपिक्क बल्यो मनमा । ‘३० डिसम्बर आउन अझै थुप्रै दिन बाँकी छ । जान त जान्छस् घर, हिँडेर कि बाकसमा भत्रे मात्र हो ।’ कुर्सीमा बसिरहेको म, मलाई नहेरेर आफ्नो नङ हेरिराखेर बोल्यो । ‘यसपालि तँ खाली हात जानुपर्ला जस्तो छ ।’ मैले पनि जवाफ फर्काइदिएँ । तर शरीर पूरै गलेको थियो । खाटबाट उठ्नै ठूलो कसरत गर्नु परिरहेको थियो । ज्वरोले शरीर फेरि तातेको थियो । शरीर कसैले मज्जैले पिटेजसरी दुखिरहेको थियो ।
‘मलाई सन्चो भइरा’खेको छैन । चेक गर्न आउन सक्छौ ?’ बानीलाई एसएमएस पठाएँ ।
साढे १० बजे बानी मेरो कोठामा आए । म बिहानदेखि केही नखाई सुतिरहेको थिएँ । जे खाए पनि वान्ता हुने भएकोले ‘बरू नखाई बस्छु’ भत्रे निर्णय नै गरेर सुतिरहेको थिएँ । अघिल्लो दिनदेखिको लगातार वान्ताले पेट खाली भइसकेको रहेछ । ग्यास्ट्रिकले गर्दा छाती पनि पोल्न थालिसकेको थियो ।
‘कोमा साभा दुर्गा ?’ चाडको कामकाजी भाषा फ्रेन्च अनि अराबिक हो । अङ्ग्रेजी कम बोल्ने अथवा फ्रेन्च लबज मिसाएर बोलिने गरिन्छ । बानीको पनि अङ्ग्रेजी कमजोर थियो । धेरै फ्रेन्च अनि थोरै अङ्ग्रेजी ।
मैले अघिल्लो दिनदेखिको अस्वस्थता विस्तारमा बताएँ ।

०००
मेरो अवस्था चिन्ताजनक नै रहेछ क्यार । बानीको अनुहार आत्तिएको देखिन्थ्यो । एकै रातमा म आफैँलाई पनि निकै गलेको अनुभव हुनथालेको थियो । आफैँसँग पनि खुब डर लाग्नथालेको थियो । आँखा चिम्लनेबित्तिकै खुत्रुक्कै हुन्छु कि ! अँध्यारोदेखि साह्रै डर लाग्नथालेको थियो । बत्ति बालेरै रात बिताएको थिएँ ।
‘यसरी बस्न हुत्र दुर्गा, अस्पताल जाऊँ ।’ हामी गोरेको ठूलो सरकारी अस्पताल गयौँ । तर त्यो त हाम्रो स्वास्थ्यचौकीजस्तो मात्र रहेछ । पूर्वाधारको कमी । एक डाक्टरले सारा लोगोने ओरियन्टलको बिरामी हेर्नुपर्ने । पानी मात्र पिएर हामी अस्पताल गएका थियौँ । परीक्षणका लागि रगत दिएँ ।
‘दिसा पनि चेक गरौँ, खास के भएको हो पत्ता लाग्छ ।’ एउटा सानो प्लास्टिकको बट्टा दिएर ल्याब असिस्टेन्टले भन्यो । ममा हिँड्ने शक्ति पनि क्षीण हुँदै गइरहेको थियो । कमजोरीले भुइँ आँखा नजिक–नजिक भइरहेको थियो । हिँड्दा– हिँड्दै कुनै बेला म त्यस भुइँलाई च्याप्पै समातेर बस्छु होला लाग्न थालिसकेको थियो । बल गरेर बिस्तारै चर्पी पुगेँ । चर्पी टुक्रुक्क बस्ने खालको रहेछ । तर फोहोर । बाहिरै दिसा गरिएको । गन्हाएर उभिनै नसकिने । बसेपछि त्यसै उठ्न गाह्रो हुने मलाई, अझ त्यस कमजोरी अवस्थामा बस्दा उठ्न असम्भवजस्तै नै थियो । बिस्तारै निहुरिएर कनेँ । ठोस खाना नखाएको २४ घन्टाभन्दा बढी भइसकेको थियो । त्यसमाथि रातभरि पखाला चलेर पेट खाली थियो । त्यस अवस्थामा कसरी दिसा हुन्थ्यो होला र ! तर पनि निहुरिएर बल गरेँ । दिसा भइहाले फेरि बट्टामा हाल्न गाह्रो हुन्थ्यो । हात थापेर बल गरेँ । बाख्राको बड्कौलाजस्तो दिसा भयो । धत्र दिसा भयो । बट्टामा हालेँ । तर पानी रहेनछ धुनलाई । अफ्रिकाका प्रायः देशहरूमा ट्वाइलेट पेपर राख्ने गरिन्छ तर त्यहाँ त त्यो पनि रहेनछ । वरिपरि हेरेँ, ढोकाको चेपमा पाँच–सातवटा पत्रिकाको टुक्राहरू राखिएका रहेछन् । त्यसैले पुछेर बाहिर निस्केँ । तर हात त गन्हाइ नै रहेको थियो ।
दिसा जाँचमा दिएर हामी फर्कियौँ । बानीले ‘रिपोर्ट नआइन्जेल प्यारासिटामोल खानु, रिपोर्ट आएपछि औषधी सुरू हुन्छ’ भनेर अफिस लाग्यो । प्यारासिटामोल खाएँ, अलिकति खाना खाएर सुतेको मात्र थिएँ । खाएको खाना सबै वान्ता भयो ।

०००
फेसबुक नखोलेको एक दिन नै भइसकेको थियो । शरीर गलेकै भए पनि म्यासेन्जर खोलेर हेरेँ । सरूको थुप्रै म्यासेज, मिसकलहरू आएका रहेछन् । बुवाहरू अमेरिकामा हुनुहुन्थ्यो, खासै कुरा भइरहेको थिएन । सरूको म्यासेजलाई नियालेर हेरिरहेको थिएँ । छेउमा त्यो मेरो कुरूप अनुहार आएर बसिसकेको रहेछ ।
‘तैँले खासै केही गर्न सक्दैनस् दीपलेश अब । यही म्यासेज हेर्ने होस्, सास भकै बेला कुरा गरिहाल । ढिलो होला ।’ नियालेर हेरेँ । त्यो अनुहारमा पीडा, रोदन केही थिएन । भावनाहीन थियो त्यो अनुहार । ‘म पनि तँजत्तिकै जिद्दी छु । यसपटक तँ सफल हुने छैनस् ।’
‘के छ खबर ?’ सरूलाई त्यति म्यासेज लेखेर आँखा चिम्लन खोजेँ तर पेट हुँडलिएर आयो । दिसा हुनछाडेको थियो, बरू गन्हाउने पानी पखालाजस्तो हुनथालेको थियो । ग्यास्ट्रिकले पेट र छाती त पोलि नै रहेको थियो, कहिलेकाहीँ हुलुक्क भएर घाँटीमा आउने अमिलो पानीले थप पीडा दिइरहेको थियो ।
दिउँसो ल्याब टेस्टको रिपोर्ट आयो । औलो र टाइफोइट भएको रहेछ । ‘यो एकैचोटि हुनु भयानक हो । ढिलो गरेर जाँच गराएको भए गाह्रो हुनेरहेछ ।’ बानी स्लाइन, क्विनिन र अरू केही औषधी लिएर आएको थियो ।
‘पहिला औलो हुँदा यत्ति गाह्रो भएको थिएन बानी । आर यू स्योर, क्यान वी रिलाइज अन दिज रिपोर्टस् ?’ यो अस्पताल जहाँ भौतिक पूर्वाधार कम छन्, उपकरणहरू कम छन्– यहाँको रिपोर्टमा हामी विश्वस्त हुन सक्छौँ त ? भनी सोधेँ । मलाई त्यो कुरूप आपूmलाई हराउनु थियो ।
‘दुई¬–तीन दिन यी औषधी गरेर हेरौँ । त्यसपछि मुन्डू जाऔँ । त्यहाँ उपचार नहुने भएछ भने तिमीलाई यहाँबाट इभाकुएट गराउनुपर्ने हुन्छ ।’ मेरै छेउमा बसेर सुनिरहेको त्यस अनुहारलाई छड्के हेरेर सम्झेँ ‘देखिस्, सक्दैनस् लान मलाई यसपटक ।’ काँधमा धाप मारेर ऊ कोठाभित्र लाग्यो । ऊ भित्र लाग्नेबित्तिक्कै कोठामा अनौठो अँध्यारो, उदासीपन व्याप्त भयो । थोरै चिकनसुप खाएर– प्यारासिटामोल खाएँ । खासै खान मन नभएकोले बानीले स्लाइन पानी अनि क्विनिन क्यानेलाबाट लगाइदिए । स्लाइन लगाएपछि मान्छे पक्का बिरामी भएको ठान्छु म । दाहिने हातमा लगाएको क्यानेलालाई सिरानी लगाएर उच्च बनाएर सुतेको थिएँ । क्विनिनले विस्तारै मलाई मताउँदै पनि थियो । दुखाई कम हुँदैगयो ।
झसङ्ग ब्यूँझँदा फोन बजिरहेको रहेछ । सरूको फोन आइरहेको रहेछ । ‘के भन्छस् अब ?’ चिउँडोलाई दुई हत्केलामा अड्याएर ऊ मलाई जिस्क्याइरहेको थियो ।
‘के छ ?’ स्लाइन भएको हातलाई लुकाउन खोज्दै थिएँ ।
‘बिरामी जस्तै देखिनुहुन्छ त के भयो ?’ रातभरि पखाला अनि वान्ताले मेरो शरीरमा पानीको पूरै कमी भएको थियो । रिँगटा पनि लागि नै रहेको जस्तो अनुभव भइरहन्थ्यो ।
‘मलेरिया भएछ, अनि टाइफोइट पनि ।’ लुकाउन सकिनँ किनभने अनुहारमा म बिरामी भएको कुरा प्रस्ट देखिन्थ्यो ।
‘फेरि ?’
‘अँ’ उनको अनुहारमा चिन्ता प्रस्ट देखिरहेको थिएँ । तर नबुझेजस्तो अभिनय गर्न खोजेँ । आफ्नो कमजोरी पनि लुकाउने असफल प्रयास गरिरहेँ । थोरै मात्र कुरा गरेर फोन राखेँ ।
औषधीमा खासै विश्वास नभए पनि रोकथाम गर्ला कि भत्रे झिनो आशामा त्यहीं औषधीलाई निरन्तरता दियौँ । २५ डिसेम्बर आयो । साँझमा मेरै कोठाबाहिर क्रिस्मस पार्टी गर्ने अफिसका साथीहरूले निधो गरे । तर म हाडछाला भएर सुतेको देखेपछि उनीहरूको क्रिस्मस पार्टी पनि खासै उत्साहजनक भइरहेको थिएन । सानो आवाजमा क्रिस्मस क्यारोल बजाए । पार्टी छिट्टै सकाएर आ–आफ्नो कोठामा फर्किए । क्रिस्मसको भोलिपल्ट, बक्सिङ् डेमा हामी थप उपचारको लागि मुन्डू लाग्यौँ– बिहानै । बिहानै आएर बानीले क्यानेला निकालिदिए । दाहिने हात लगातारको स्लाइनले सुन्निएको रहेछ । अर्को क्यानेला लगाउन नसा भेट्नै समस्या होलाझैँ गरी दुब्लाइसकेको थिएँ ।
दुई सय किलोमिटरको अप्ठ्यारो बाटोको यात्रा गर्नु थियो मुन्डूसम्मको । खानु केही हुँदैन थियो । वान्ता भई नै हाल्थ्यो । एउटा प्यारासिटामोल खाएर हामीले यात्रा सुरू ग¥यौँ । बीच बाटोमा पखाला नचलोस् भन्ने मेरो कामनाले काम गर्यो । मुन्डू पुग्दा दिउँसोको बाह्र नै बजिसकेको थियो । मुन्डूको जेनेरल हस्पिटल गयौँ । गोरे अस्पतालको रिपोर्ट हेरिसकेपछि डाक्टरको सल्लाह थियो– ‘फेरि एकपटक रगत र स्टुलको रिपोर्ट लिऔँ, अनि औषधी चलाउनुपर्छ । अहिलेको के अवस्था छ भन्ने थाहा हुन्छ त्यसपछि ।’
फेरि रगत निकाल्ने कुराले म अलिक चिन्तित भएँ । शरीरमा खासै रगत बचेको छ जस्तो लाग्न छाडेको थियो । हिँड्न सक्ने अवस्था कम भइसकेको थियो । सम्म भुइँलाई पनि उकालो देख्न थालेको थिएँ । हरेक पाइला एउटा ठूलो सङ्घर्ष हुनथालेको थियो । विदाको दिन भएको हुनाले सरकारी अस्पतालमा ब्लड अथवा स्टुल टेस्ट नहुने रहेछ । प्राइभेट क्लिनिकमा गयौँ । केही क्षणपछि नर्सले एउटा सानो प्लास्टिकको बट्टा दिइन् । ‘यसमा स्टुल ल्याउनू ।’
म चर्पीतिर लागेँ । त्यहाँको चर्पी पनि गोरेजत्तिकै फोहोर रहेछ । निहुरिएरै कनेँ । बल गरेर । भनत्र रिँगटा चल्यो । भित्ता समाएर फेरि कनेँ तर दिसा भएन । खाली बट्टा लिएर फर्किएँ ।
‘बानी दिसा आएन ।’ मेरो अनुहार सारै मलिन रहेछ क्यार । बानी मलाई हेरेर धेरै बेर घोरिए ।
‘यहाँ आराम गर्दै गर, म भित्र गएर आउँछु ।’ पङ्खाको ठीक मुन्तिर बसेको थिएँ, निदाएछु नै ।
‘दुर्गा, भित्र जाऊँ ।’ बानी केही बेर डाक्टरको कक्षमा बसेर बाहिरिएको थियो ।
‘यो खाटमा पेन्ट तल सारेर घोप्टो सुत ।’ बानीले भनेझैं गरेँ । डाक्टरले केही भने बानीलाई । ‘दुर्गा, चार पाउ टेक, डाक्टरले बडले दिसा निकाल्छन् ।’ मर्ता क्या नही कर्ता भएको थियो । मान्छे बिरामी भएपछि ठीक हुन कुन हदसम्म तयार हुन्छ भन्ने पाठ मैले त्यहाँ सिकेँ ।
‘आज तँलाई लाज लागेको छैन दीपलेश । हेर् त संसारको कुनकुनामा आएर तँ नाङ्गिएको छस् ।’ त्यो कुरूप काल अझै वरपर रहेछ । म आँखा बन्द गरेर, पर्खिरहेँ । डाक्टरले गुजद्वारमा कान सफा गर्ने बढ घुमाए । उसले बानीलाई केही भनेको सुनिरहेको थिएँ । तर म आँखा बन्द गरेर अर्कै संसारमा थिएँ ।
‘तैँले आँखा बन्द गर्दा म हराउने हैन नि ! म त तँ नै हुँ । भित्रबाहिर म तैँसँग छु ।’ आँखा खोलेर लामो सास फेरेँ । ‘स्टूल आएन, फेरि बढ हाल्दैछन् है दुर्गा । डोन्ट वरी ।’ फ्रान्कोफोनिक इङ्लिसमा बानीले भन्यो । काँध थपथपाउँदै । मेरा आँखा रसाउन थालेका रहेछन् । आँसु नखसून् भन्ने मात्र सोचिरहेको थिएँ ।
‘खासै स्टुल आएन, बट इट सुड डु ।’ बानीले उठ्न भन्दै भने । कसैको अनुहार नहेरेर सुरूवाल लाएर डाक्टरको कोठाबाट बाहिर निस्केँ । ल्याबमा गएर रगत पनि एक सिरिन्ज निकाल्यौँ ।
‘यो रिपोर्ट भोलि मात्र आउँछ । आज यहीँ बस्नुपर्छ । भोलिको रिपोर्टपछि तिम्लाई इभाक्वेट गर्नुपर्ने हो वा हैन थाहा हुन्छ ।’
साधारण होटलमा कोठा बुक गरेँ । साँझ पर्नै लागिसकेको थियो । कोठामा बानीले एउटा सिरिन्ज लाइदिए ।

०००
जे खाए पनि वान्ता हुने हुनाले मैले खाना, पानी खान छाडेकै केही दिन भइसकेको थियो । स्लाइन पानीको भरमा सास चलिरहेको थियो । ‘यो जाबो पानीले तँलाई कति दिन पो बचाउला र ?’ स्लाइनको पाइप हातमा खेलाउँदै ऊ बोल्यो । मलाई बोल्न पनि झर्को लाग्न थालिसकेको थियो । घरबाट आएको फोन मन नलागिनलागी उठाउने गर्थें ।
साँझ होटलमा बानी स्लाइन लिएर आए । ‘यो चिकन सुप खाऊ । वान्ता भए स्लाइन लगाउँला ।’ चिकन सुप खाइसकेपछि, बानीले अर्को सुई हानिदिए । ‘यो के हो ?’
‘यो खेलाडीहरूले हान्ने एड्रेनलिन बढाउने सुई हो । तिम्रो हार्टबिट घट्दै गएको छ । त्यसकारण यो सुई दिएको ।’ त्यसबेला मलाई डर लाग्यो । मुटुको धड्कन कम हुँदैजानु राम्रो सङ्केत थिएन । मलाई माताजी (सीताजी) को सिरानमा बसेर पल्स रेट गनेको स्मरण भयो ।
‘भन्दै त छु नि, यू क्यान्ट डिफिट मी ।’ मलाई पढेर ऊ बोल्यो ।
त्यो सुईले छिट्टै काम गर्न थालेछ । मेरो मुटु यति छिटो चल्न थाल्यो कि म खलखल भएँ । छातीले नथाम्लाझैँ भयो । कमजोर शरीरमा त्यति छिटो मुटु चल्नु पनि राम्रो हैन रहेछ । बानी हिँडिसकेको थियो । स्लाइन लाउनु परेको थिएन । अँध्यारो कोठामा मुटु बेतमास चलेर म आत्तिएँ । कोठाबाट निस्केर दौडियौँ कि के गरौँ भयो । आत्तिँदाआत्तिँदै निदाएछु । ब्यूँझँदा बिहान भइसकेको रहेछ ।
भोलिपल्ट बिहान अलिकति चिकन सुप पिएर हामी रिपोर्ट लिन गयौँ । दिसा र रगतको रिपोर्ट लिएर हामी १० बजेतिर सरकारी अस्पताल पुग्यौँ । रिपोर्ट निकैबेर हेरेपछि डाक्टरले मलेरिया र टाइफाइट नै भएको पुष्टि गरे । अवस्था गम्भीर भइसकेको पनि सङ्केत गरे । डाक्टर अङ्ग्रेजी बोल्न अप्ठ्यारो मान्थे । उनी बानीलाई बुझाइरहेका थिए । उनीहरूको कुरा सुन्दासुन्दै मलाई कुर्सीमै हराउँदै गएको भान हुनथाल्यो ।
कसैले मेरो नाडी मज्जाले अँठ्याएर बोलाइरहेको थियो– ‘यो खेला धेरै भयो, अब हिँड् जाऊँ !’
म झट्कार्न खोजिरहेँ तर असफल । मेरो मुटुको चाल बिलाउँदै गइरहेजस्तो लाग्यो । उनीहरूलाई सुत्र छाडेँ, अनुहार धमिलो हुँदैगयो । ‘बानी, आम नट फिलिङ् वेल, फिल्स लाइक आम डाइङ् ।’ मर्दा कस्तो हुन्छ भत्रे थाहा पाएर हैन, तर यस्तै हुन्छ होला भत्रे अनुमानले मर्दै छु क्यार भनेर चिच्याएछु । दिउँसै ऐठन भएछ । मलाई हतारहतार बेडमा सुताएर डाक्टरले नुनपानी स्लाइनमार्फत् लगाइदिए । एक घन्टा आराम गरेपछि म बिस्तारै उठ्न सक्ने भएँ । ‘तिम्रो शरीर एकदमै कमजोर भइसकेको छ । औषधी धेरै पावरका छन् । खाना, झोल पनि प्रशस्त खानुपर्छ ।’ औषधी लिएर हामी त्यहाँबाट हिँड्यौँ ।
बानीले इभाकुएट नगर्नुपर्ने निर्णय लियो । हामी फेरि गोरे फर्किने भयौँ । मलाई गोरेमा एउटा कुरूप काल पर्खेर बसिरहेको छ जस्तो लाग्नथालेको थियो । गोरे फर्कनुअघि हामी एउटा रेस्टुराँमा गयौँ । ‘तिमीले मन नलागे पनि केही खानुपर्छ, नत्र शरीर अझै कमजोर हुनेछ ।’ मन नलागेको भए तापनि पोलेको माछा पानीसँग निलेँ ।

०००
घर फर्कन दुई दिन मात्र बाँकी थियो । औषधीले बिस्तारै काम गर्नथालेको थियो । अचानक रोएको, कराएको आवाज सुनेँ । कुनै कालो, अँध्यारो बन्द कोठामा थिएँ । आवाज परिचित थियो । सरूको, बुबा–आमाको, भाइ–बहिनी, अनि आफन्तहरूको ।
‘ला ! मरेछु क्या हो !’ औषधीले त काम गर्दै थियो, वान्ता हुन छाडेको थियो । तर स्लाइन अझै लगाइरहनु परेको थियो । ‘कसरी मरेँ त ?’ यत्ति छिट्टै जान सक्दिनँ । अझै थुप्रै छ गर्नु, छोरीहरू सानै छन् । आत्तिएँ । डराएँ । ‘बक्साभित्र त छुइनँ ?’ जोडले दुवै खुट्टा र हातले बक्साको माथिल्लो भागलाई ठेल्न खोज्दै थिएँ । झसङ्ग ब्यूँझिँएँ । नराम्रो ऐठन भएछ ।
२९ डिसेम्बरमा गोरेबाट बिहानै म र आइडन एनजामिनाको लागि हिँड्यौँ । मलाई भेट्न बिहानै बानी गेस्टहाउस आए । ‘प्यारासिटामोल खानू । मलेरियाको औषधी भइसकेको छ । घर गएर आराम गर्नू । तङ्ग्रिएपछि मात्र फेरि हिँड्नू ।’ बानीलाई धन्यवादबाहेक केही दिन सकिनँ । उसले मलाई त्यस अनकन्टार ठाउँमा बचाएको थियो । म आत्तिएको बेला उसले सम्हालेको थियो । १२ घण्टाको गाडीको यात्रामा मलाईभन्दा धेरै चिन्ता बानीलाई थियो ।
राती आठ बजे हामी एन्जामिना पुग्यौँ । पुग्नेबित्तिकै बानीलाई फोन गरेँ । म सकुशल आइपुगेँ भनेर । ऊ ढुक्क भयो । ‘नेपाल पुगेर इमेल लेख्नू । स्टे सेफ ।’
३१ डिसेम्बरको मध्यरातमा फ्लाई दुबाईको प्लेनबाट काठमाडौँ ओर्लें । मलाई लिन भाइ विवेक र काका कुमार एयरपोर्ट आउनुभएको रहेछ । मैसँग त्यहाँ दुई–चारवटा राता बाकस पनि बाहिर निस्के । ती बाकस देखेपछि मैले आपूmलाई सम्झेँ । दुई दिन अघि मात्र त्यस्तै बाकसमा कैद भएको ऐठनले हिँड्दा–हिँड्दै ऐठन गरायो ।

०००
१ जनवरीको पहिलो प्रहरमा काठमाडौँ नयाँ वर्ष मनाइरहेको थियो । त्यो सुनसान सडकमा म सकुसल घर आइपुगेकोमा खुसी हुनखोज्दै थिएँ । घर आएपछि महिनौँसम्म मलाई ऐठन भइरह्यो । अँध्यारोमा बस्न सक्न छाडेँ । बत्ति बालेर निदाउने गर्छु अझै पनि ।
त्यो कालको अनुहारलाई नदेखेको थुपै्र भइसकेको छ ।

(विनय विगत दुई दशकदेखि साहित्यकका विविध विधामा कलम चलाउँदै आएका स्रष्टा हुन् ।)
durgabinaya@gmail.com