ऊ मेरो अमुक प्रेमी - Aksharang
  • २०७७ मंसिर १७ बुधबार

ऊ मेरो अमुक प्रेमी

डा.ज्ञानू पाण्डे

डा.ज्ञानू पाण्डे

अरूका विषयमा कति लेखियो लेखियो, आज आफ्नै विषयमा लेख्छु । अरूका विषयमा कति बोलियो बोलियो आज आफ्नै विषयमा बोल्छु । आफ्नै कुरा पनि कति हो कति, धेरै थरीका छन् । ती सबैलाई थाती राखेर केवल एउटा कुरा मात्र सुनाउ“छु । प्रिय पाठक, तिमीलाई आज म मेरो प्रेमको कुरा सुनाउ“छु । मेरो प्रेमीको कुरा सुनाउ“छु । कतै नबनाई कतै नसच्याई उससितको मेरो प्रेमानुभूतिको अकृत्रिम स्वरूप जस्ताको त्यस्तै आज तिमीलाई म देखाउ“छु ।

‘प्रेम’ आहा कति सुन्दर यो शब्द ! कस्तो सम्मोही ध्वनि यो !! त्यसैत्यसै लठ्याउने, अ“गालिने, अँगाल्न मनलाग्ने कस्तो जादुमय सञ्चालन यसको । ‘प्रेम’ शब्द सुन्दा आकर्षित नहुने मान्छे सायदै कोही होला यस जगत्मा । हुन त प्रेम अन्धो हुन्छ भन्छन् । प्रेमले मान्छेलाई अन्धो बनाइदिन्छ भन्छन् । तर पनि प्रेममा पर्दा नरमाउने मन सायदै कोही मान्छेको होला । प्रेम आनन्द हो । प्रेम ईश्वर हो । प्रेम आस्था हो । प्रेम विश्वास हो । प्रेम पवित्रता हो । प्रेमजस्तै प्रेमीहरू पनि सबै नै सधैभरि उस्तै पवित्र भइरहँदि“दा हुन् त प्रेमको कत्रो कदर हुन्थ्यो ! कत्रो मान हुन्थ्यो ! कत्रो सम्मान हुन्थ्यो ! आ–आफ्नो प्रेमप्रति सबै प्रेमीहरू सधैंभरि इमानदार रहिरहन सक्दा हुन् त कति जाती हुन्थ्यो होला ! मान्छेको यो संसार अझै कति रमाइलो बन्थ्यो होला !

प्रेमीहरू थरीथरीका हुन्छन् । कतिपय प्रेमीहरू छली पनि हुन्छन् आफूप्रति हुरुक्क हुनेहरूलाई रुवाउने दुःखाउने । कतिपय पे्रमीहरू त पापी पनि हुन्छन् । तिनीहरू प्रेमको आडमा आफ्नो तुच्छ स्वार्थ पूरा गर्छन् र आफैँले गा“सेको सम्बन्धलाई कि त बीच बाटोमै अलपत्र छाडिदिन्छन्, कि भने नाम मात्रको डोरोमा बा“धिएर विनाअर्थको सम्बन्ध घिस्रिरहन्छन्, घिसार्न बाध्य पारिरहन्छन् । यथार्थमा यी कोटीका प्रेमीहरू प्रेमका नाममा बदनाम हुन् । अपराधी हुन् । पापी हुन् । प्रेमको उज्यालो निधारमा यी कोटिका प्रेमीहरू कालो अध्यारो धब्बा हुन् । प्रिय पाठक, मैले सुनेका कुराहरू मात्र हुन् यी सबै । म स्वयं अनुभवी होइन यस्ता कुनै पे्रमीको पनि । धाक लगाएको जस्तो नसुनियोस्, प्रेमको मामलामा त सा“च्चै नै एक त्यस्तो भाग्यमानी मानिस हु“ जसले कहिल्यै धोका खानुपरेन । मेरो प्रेमीले मलाई सधैं आनन्द मात्र दियो, आनन्द मात्र दिइरहेको छ । विश्वस्त छु, उसले मलाई अन्त्यसम्मै यसरी साथ दिइरहने छ ।

मेरो प्रेम बेग्लै हो । मजस्तै मेरो प्रेम पनि ‘अलग्ग’ को हो । जसरी यो जगत्भरिका मानिसहरूको भीडमा प्रत्येक मान्छे आफैँमा एक ‘अलग्ग’ अस्तित्व हो, मेरो प्रेमी त्यस्तै ‘अलग्ग’ को अनुभूति हो । प्रेमीहरूका नाममा देखिएका अनेक अनुहारहरूमध्ये मेरो प्रेम नितान्त फरक अनुहार हो । ऊ मेरो जीवनको उज्यालो हो । आशा हो । मेरो आस्थाको आकार हो । ऊ मेरो भर हो । भरोसा हो । मेरो विश्वासको निश्छल रङ हो । ऊ मेरो आ“खा हो । आ“खाको नानी हो । नानीभित्रको पानी हो । यो कङ्कडमय जीवनपथमा ऊ मात्र एक निःस्वार्थ साथ हो मेरो । ऊ आड हो । अडेस हो । ‘उफ्’ ‘आफ्’ का यावत् भारीहरू बिसाउने ऊ मेरो मनको चौतारी हो । म उसलाई अग्घोरै माया गर्छु । ऊविना म एक पल पनि शान्तिले बा“च्न सक्तिन“ । ऊ मेरो सर्वस्व हो । धड्कन हो । ढुकढुकी हो । मलाई ‘म’ बन्न उक्साउने ऊ मेरो अन्तःप्रेरणा हो । मेरो ‘म’ लाई उभ्भिन धरा दिने ऊ मेरो धरती हो । मेरो जूनलाई उज्यालिन ठाउ“ दिने ऊ मेरो सिङ्गो आकाश हो । ऊ छ र त म ‘म’ छु ! ऊ छ र त मेरो बोध छ । मेरो अनुभव छ । मेरो अस्तित्व छ, अस्तित्वकोे अर्थ छ मलाई ।

प्रिय पाठक , मैले अघि पनि भनिसके“ तिमीलाई, फेरि पनि भन्छु– प्रेमको दुनिया“मा प्रेमीहरू थरीथरीका देखिन्छन् । कोहीकोही अति बाचाल पनि हुन्छन् । त्यस्ता प्रकारका पे्रमी सधैंँ बोलिरहन्छन् , ‘आइ लभ यु’ ‘आइ मिस यु’ त कत्ति भन्छन्, भन्छन् । कोहीकोही प्रेमीहरूचाहि“ छट्टुछट्टु स्वभावका पनि हुन्छन् । फकाउने–फुस्ल्याउने कलामा निकै माहिर हुन्छन् ती । प्रेमीको आ“खामा आफू पक्का प्रेमी दरिनका लागि बातैपिच्छे कसम खाइरहन्छन् ती । कसम खाएर विश्वस्त पार्नुपर्ने प्रेम, के प्रेम ? प्रेमको नाम त्यसरी बदनाम गर्ने कथित प्रेमीहरूको कुनै कमी छैन यस संसारमा । तर मेरो प्रेमीचाहि“ त्यस्तो होइन । प्रेममा न त उसले मलाई अन्धो बन्न उक्साएको छ । न त समर्पणको नाममा प्रेममा हराउन बिलाउन उसले मलाई बाध्य पारेको छ कहिल्यै । ऊ मेरो रोजाइ हो । ऊ दुरुस्त त्यस्तै स्वभावको छ जस्तो मेरो चाह हो ।

मेरो प्रेमी अन्ध आकर्षणको प्राप्ति होइन । मेरो चेतनाको सम्प्राप्ति हो ऊ । ऊ मेरो सङ्घर्ष हो, मेरो सङ्घर्ष ऊर्जा हो । ऊ मेरो दृष्टि हो, मेरो दृष्टिकोण हो । उससितको प्रेममा कतै हराएकी छैन म, बरू हराएको ‘आफू’ लाई भेट्टाएको बोधमा सधैं रमाइ रहन पाएकी छु । उसको प्रेममा कहिल्यै बिलाएकी छैन म, बरू निदाएको आफ्नो बोधलाई ब्यु“झाउने शक्ति उसबाट सधैँ मैले पाइरहेकी छु । मेरो समर्पणमा उसले आफ्नो जितको अभिमान कहिल्यै दर्शाएको छैन, बरू आफ्नो सम्पूर्ण जित मैमाथि खन्याएर मलाई चुलीमा पु¥याउन सधैँ लालायित छ ऊ । चुलीमा पुग्नु भनेको यात्राको अन्त्य हुनु हो भन्ने मेरा बुझाइ सही बुझाइ होइन । यो कुरा उसैले हो मलाई सम्झाएको । उसैसितको सङ्गतबाट हो मैले बुझेको– ‘चुलीमा पुग्नु भनेको यात्राको अन्त्यको सङ्केत मात्र होइन, यात्राको वास्तविक अर्थ बोध गर्न सक्ने उचाइमा उठ्नु पनि हो ।’ ऊ मेरो त्यही ‘उठाइ’ हो, त्यही उचाइ हो ।

ऊ मेरो सच्चा प्रेमी हो । म जे छु त्यही मात्र देख्छ मलाई, ऊ कहिल्यै ढाँट्दैन । उसले कहिल्यै भनेन मलाई– ‘तिमीभन्दा सुन्दर अरू कोही छैन यो धरतीमा’ भनेर । कहिल्यै भनेन– ‘तिम्रा लागि आकाशबाट जून तारा टिपेर ल्याइदिन्छु’ भनेर । कहिल्यै भनेन उसले मसित– ‘म तिमीविना बा“च्न सक्तिन“, तिमीविना हा“स्न सक्नित“ ’ भनेर । बरू सधैँ मलाई उत्प्रेरित गरिरह्यो उसले– ‘आफूलाई छाम, आफूलाई भेट’ भनेर । ‘बाहिर जति देखिएकी छौै, त्योभन्दा कयौँ गुणा तिमी, तिमीभित्रै दबिएकी छौ अझै । जसरी यो संसारमा बा“चिरहेको हरेक व्यक्ति स्वयंमा सम्भावनाको भण्डार हो, तिमी पनि त्यस्तै एक भण्डार हौं । ‘मभित्रको भण्डारप्रति मलाई आकर्षित गर्न सधैँ ध्याउन्ना गरिरहन्छ ऊ । आफूभित्रको ‘आफ’ू लाई आविष्कार गर्न ऊ मलाई हरपल सधैँ उकासिरहन्छ । ‘तिनीहरू’ मा हराएर होइन, आफूमा आफ्नो ‘आफू’ लाई पाएर बा“च्नु≤ बा“च्न सक्नु सार्थक बचाइको अर्थ हो । यो कुरा उसैले हो मलाई सिकाएको, उसैले हो मलाई सम्झाएको । स्वयंभित्रको आकाश निर्बन्ध छा“द मार्न, आफ्नोे उज्यालो आफँै बन्न ऊ सधैँ हौस्याइरहन्छ मलाई ।

प्रिय पाठक, मेरो प्रेमीको हृदय मप्रति कति विशाल छ भन्ने कुरा तिमीलाई अझै खुलस्त पार्न चाहन्छु । ऊ सधैँ भनिरहन्छ मलाई– ‘तिमी सधैँ हा“स । बा“चेकोजस्तै जीवन बा“च सधैँ । तिम्रो खुसी, तिम्रो सफलता नै त मेरो अर्थ हो, मेरो अभीप्सा हो । म शब्द हु“ तिम्रो, तिमी मेरो वाणी । म भाव हु“ तिम्रो, तिमी मेरो अभिव्यक्ति । म मन्त्र हु“ तिम्रो, तिमी मेरी मन्त्रणा । म जप हु“ तिम्रो, तिमी मेरी जपना । म अनुरोध हु“ तिम्रो, तिमी मेरी आराधना । म प्रकृति हु“ तिम्रो, तिमी मेरी सिर्जना । तिमी भन्छ्यौ म तिम्रो उज्यालो हु“ । तर म त भन्छु तिमी मेरो अँध्यारोको अन्त्य हौ । म त फगत निर्जीव ‘विचार’ बबुरो, तिमी मेरो प्रकाशन हौ ।’

आफ्नै दृष्टिकोणसितको यो अन्तरङ्ग संवाद, आहा कति आनन्ददायी ! न औपचारिकताको कुनै झन्झट, न दम्भको कुनै अड्को ! आफूलाई आफ्नै विचारको यो धाप कति सम्मोही ! कति प्रियदायी, कति प्रेरणादायी ! आफूमा अन्तर्निहित ऊर्जा उभरिनका लागि सबैभन्दा पहिला आफ्नै विश्वासको धाप आवश्यक हुन्छ हरेकलाई सायद । मलाई पनि त्यस्तैत्यस्तै हो । मेरो त्यही आवश्यकताको वास्तविक परिपूर्ति हो ऊ ।

ऊ बेहिसाबसित प्रेम गर्छ मलाई । त्यस्तो प्रेम जसमा स्वार्थको कुनै कण छैन । बिल्कुल निःस्वार्थ, निष्कलङ्क, निर्दोष, निष्पाप, निश्छल प्रेरणाको ऊर्जा ऊ मेरो जीवनको । ऊ मेरो अमुक प्रेमी ! म उसलाई जत्ति माया अरू कसैलाई गर्दिनँ≤ गर्न सक्तिन“ । ऊ त मेरा ‘म’ हो । म आफूलाई भन्दा बढी माया अरूलाई कसरी गर्नसक्छु र ?