म मध्यरातमा बाँसुरी बजाउँदै घर फर्किन्थेँ - Aksharang
  • २०७७ कातिर्क १३ बिहीबार

म मध्यरातमा बाँसुरी बजाउँदै घर फर्किन्थेँ

रमेश विकल

मैले धेरै मानिसहरू साहित्येतर व्यवसायमा लागेपछि साहित्य–आकाशबाट औँसीका जून भएको देखेको छु । सिर्जनात्मक क्षेत्रबाट (खासगरी साहित्य र अभिनयको क्षेत्रमा) एकाध अपवाद होलान् जसलाई जागिरले आफ्नो कलासाधनामा सामान्य अवरोध खडा गरे पनि त्यसलाई पूर्ण प्रभावित पार्न सकेको होस् । तिनै भाग्यशाली साहित्यकारमध्ये म आफूलाई पनि राख्न सङ्कोच मानिनँ ।

प्रचार विभाग प्रशासनिकभन्दा बौद्धिक र अक्षरखेतीको क्षेत्र परेकाले त्यहाँको वातावरण पनि त्यति प्रतिकूल थिएन । त्यहाँका निर्देशक पनि एक जना साहित्यसेवी (प्रगति पत्रिकाका सम्पादक प्रकाशक) नै थिए– नारायण बास्कोटा । अनि माथ्ला ओहदाका कर्मचारीमा पनि प्रायः साहित्यप्रेमी र कवि–साहित्यकार नै थिए । दुर्गाप्रसाद श्रेष्ठ ‘उपेन्द्र’ खुदै कवि थियो र मेरो तत्कालीन विभाग (सेक्सन) को हाकिम थियो । तीर्थराज तुलाधर स्वयम् अङ्ग्रेजी भाषाका विज्ञ मानिने र धेरै साहित्यका अनुवादक र फाटफुटे कविता पनि कोर्थे । उनी डिपुटी डाइरेक्टर थिए ।

त्यस्तै गरी टेकबहादुर खत्री ‘नवीन’, धनुषचन्द्र गौतमहरू पनि त्यहाँ शाखा अधिकृत थिए । उनीहरू त्यतिखेरका स्थापित कवि–साहित्यकार थिए । तिनमध्ये कोही त अभैm पनि आफ्नो साहित्यकर्मलाई निरन्तरता दिइरहेका छन् । उदाहरणका लागि धनुषचन्द्र गौतम (ध.च. गोतामे) लाई लिन सकिन्छ । त्यसमाथि मेरो त जिम्मा नै पत्रिका ‘विकासोन्मुख नेपाल’ सम्पादन गर्नु थियो । हुन त त्यो पत्रिका सूचनामूलक सरकारी मुखपत्र नै थियो, तर पनि भाषिक र शैली अनि प्रस्तुतिका दृष्टिले पत्रकारिताभन्दा फरक साहित्यको नजिक थियो । त्यसैले यो जागिर मेरो साहित्यसाधनामा त्यति बाधक थिएन, बरm सहायक नै थियो ।

यसरी प्रचार विभागमा ना.सु. को जागिर पाएपछि म घरको आर्थिक (नुन–तेल कपडा र तिथि–व्यवहार) को चिन्ताबाट प्रायः मुक्त भएँ । साथै यसबाट धेरै बौद्धिक जगत्सँग सम्पर्क बढ्ने अवसर मलाई मिल्यो । (अवसर मिल्नु–नमिल्नुका बारेमा मेरो खास अनुभव के छ भने जीवनमा बारम्बार सबैलाई त्यो आइ नै रहन्छ, तर त्यसलाई त्यत्तिकै उम्कन दिनु र त्यसको पहिचान गरेर त्यसलाई आफ्नो अनुकूल उपयोग गर्न सक्नु–नसक्नुमा मान्छेको आफ्नै क्षमता र प्रवृत्ति नै मूल कारण छ ।)

दिउँसोको आफ्नो पेसागत कर्तव्य–पालनपछि म तुरmन्त घर फर्कनुको साटो सहरतिर रञ्जना सिनेमा हलबाहिरको त्यही रश्मि रेस्टुराँ अथवा कुनै साथीको (निश्चित छ त्यो साथी साहित्यजगत्कै हुन्थ्यो) गएर दुई–अढाई घण्टा बिताउथेँ । अनि मात्र घर फर्कन्थेँ । त्यतिबेला कुनै सवारी साधन थिएन त्यसैले यो पैदल हिँडाइ हुन्थ्यो । त्यसो गर्दा प्रायः रात निकै गइसकेको हुन्थ्यो र त्यतिखेर बाटो, बजार, बस्ती प्रायः चकमन्न नै भइसक्थ्यो र मेरा रातका साथीमा केही सडकछाप कुकुरहरू र बाँसुरी हुनेगथ्र्यो । म चकमन्नमा बाँसुरीमा कुनै शास्त्रीय धुन फुक्तै हिँड्थेँ । अझ जुनेली रातमा बाँसुरीको धुनले दिगन्त गुन्जाउँदै हिँड्नुको बेग्लै मजा हुन्थ्यो । यसले आफूलाई त आनन्द हुन्थ्यो हुन्थ्यो, भर्खरभर्खर निद्राको काखमा पुगेर निदाउनै लागेका रसिकहरूको पनि यो आनन्दकै उद्गम हुँदो रहेछ भन्ने कुरा म सुन्ने गर्थें ।
‘तँ आधारातमा बाँसुरी बजाउँदै आएपछि हाम्रो पर्नपर्न लागेको निद्रा खलबलिथ्यो । तर यो खलबलिनुबाट हामीलाई कुनै नरमाइलो बोध हुन्नथ्यो । बरm एक किसिमको आनन्दकै अनुभव हुन्थ्यो ।’ हिजोआज पनि कोहीकोही त्यस अतीतलाई ताजा गराउँदै उद्गार व्यक्त गर्छन् । वास्तवमा मेरो त्यो आधारातको बाँसुरीको धुनले कसैको निद्रा बिथोलेर उसलाई झिँझ्याहट गर्नको सट्टा आनन्द नै झङ्कृत गर्दो रहेछ भन्ने कुराको ती भनाइहरू र म बाँसुरी बजाउँदै जाँदा बजारका प्रायः झ्यालहरू एकएक गर्दै खुल्दै, जाने र त्यसमा उभिएको छाया (प्रायः स्वास्नीमानिसको) ले पुष्टि गर्छ ।

यसरी आधारातमा घर आउँदा बाटाभरि बाँसुरी बजाएर वा राग ढालेर आउँथँे म । त्यसै आवाजले गर्दा म त्यतिखेर प्रख्यात भएको थिएँ र मेरो आवाज सुनेपछि चिनेजानेका बाटोढुकुवा (चोर–रहजनहरू) कुनाकाप्चा लाग्थे रे र अरूचाहिँ बिउँझन्थे रे– ‘ऊ रामबाबू आयो !’
यसरी आधारातमा घर आइपुग्दा श्रीमती बिरालाको नाक (चिसो न चिसो) भइसकेको भात, दाल तरकारी चुलामा राखेर आफू चुलोको गालामा अडेस लागेर उँघिरहेकी हुन्थी– आफू नखाईकन । अनि कहिलेकाहीँ ऊ ज्यादै नै दिक्क भएर पीडित स्वरमा भन्थी– ‘कमसेकम भात खान त बेलामा आइदिनोस् । म यसरी आधारातसम्म भोकै कुरेर कतिसम्म बसूँ ? मेरो पनि त जीउ हो, अन्नपानीको शरीर ।’

बिराम त मेरो आफ्नै थियो, तर मभित्र लोग्नेपनको घमण्ड अत्यधिक थियो । उसको यो उचित सिकायतले पनि मेरो त्यस अर्थमा चोट पु¥याउँथ्यो ! त्यो लोग्ने अहम्का साथमा परी आफूलाई आधुनिक सचेत, शिक्षित, सज्जन, प्रजातन्त्रवादी लोग्ने कहलाउने आडम्बर पनि थियो । त्यसैले म भन्थेँ– ‘तँलाई मैले मलाई भन्छा कुरेर भोकभोकै बस् भनेको त छैन नि । म त्यस्तो पुराणपन्थी लोग्ने त होइन नि, स्वास्नीलाई दुःख दिने ! मलाई राखिदिए हुन्छ, भोकभोकै कुर्नुपर्दैन ।’ अनि यसै कुरालाई लिएर हाम्रो बीचमा कलह पनि हुन्थ्यो र त्यस कलहले कहिलेकाहीँ मेरो स्वास्नीलाई दुःख नदिने आधुनिक र सचेत, शिक्षित लोग्नेको मुकुन्डो च्यातेर पूर्ण सामन्तवादी हैकमवादी लोग्नेको अनुहार स्पष्टसँग उघारिदिन्थ्यो ।

यसरी मेरो जीवन खोलाको अविरल प्रवाहभैmँ विनाअवरोध बहन थाल्यो । अनि मेरा त्यस अवधिका प्रायशः अघिकांश कथाका मानसलेखन (चिन्तन) यही सहरदेखि घरसम्मको एकान्त र नीरव रातको हिँडाइको अन्तरालमा भएका छन् । र यो अवधि मेरो जीवनको उपलब्धिका दृष्टिले अत्यन्त उर्वर रहेको छ । ‘नयाँसडकको गीत’ का प्रायः सबै कथाहरू यसै अवधिका सिर्जना हुन् र ‘बिरानो देशमा’ कथासङ्ग्रह पनि यसै अन्तरालमा प्रकाशित भएको हो ।

तर मेरो यस स्वच्छन्द आचरणले मेरी श्रीमतीलाई कहिल्यै पनि सुख दिएन । आधा–आधा रातसम्म चुलाको अडेस लाएर मलाई भात कुर्नुपर्दा उसलाई केकति पीडाबोध हुँदो हो, त्यसको मलाई आभासै भएन । मेरा लागि त्यो भोग्नु उसको नियति मात्र होइन, उसको कर्तव्य पनि हो र मेरो उसबाट त्यो सेवा पाउनु मेरो नैसर्गिक अधिकार हो– मेरो घारणामा त यही नैसर्गिक सत्य थियो ।

अनि यसै अवधिमा मेरी छोरी ताराको शिवरात्रिको अगिल्लो (कि पछिल्लो) दिन जन्म भयो । त्यसपछि जागिर भेटेँ र जागिरकै अवधिमा मैले पत्रपत्रिकामा छरिएर रहेका कथाहरू बटुलेर एउटा सङ्ग्रह तयार गरेर पाण्डुलिपिकै अवस्थामा मदन पुरस्कार गुठीमा पेस गरेँ । त्यस वर्षको मदन पुरस्कार (देशको सबैभन्दा पहिलो र प्रतिष्ठित साहित्यिक पुरस्कार) पनि प्राप्त गरेँ ।

यिनै सबै उन्नति र प्रगतिले गर्दा त्यो छोरी तारालाई मेरो भाग्यका रूपमा लिइन्छ र मलाई आजसम्म त्यही प्रभाव छ । तर उसको आफ्नो दाम्पत्यचाहिँ त्यति सन्तोषजनक रहेन । यसबाट ऊ आफूचाहिँ अत्यन्त सङ्घर्र्षशील र दुःखपूर्ण जीवन बिताउन विवश छ । यो सबै हुनुमा म आफूलाई मूल कारक ठान्छु, किनभने उसले नचाहँदा–नचाहँदै मैले उसलाई आफ्नो कुलको परम्परा र इज्जतको नाउँमा बलिको बोको बनाइदिएँ । यो कटु अनुभूतिले म आज पनि अन्तरमा पश्चात्तापको आगो सल्काएर त्यसमा मुटु सल्काएर बस्न बाध्य छु ।

त्यो छोरी (तारा) जन्मिएपछि मैले त्यस सालको ‘नयाँसडकको गीत’, कथासङ्ग्रहका लागि पाण्डुलिपि अवस्थामै मदन पुरस्कार प्राप्त गरेँ । चन्द्रशमशेरको कान्छो छोरो मदनशमशेरको असामयिक मृत्युपछि उनकी रानी (राणाका श्रीमतीहरूलाई रानी नै भन्ने चलन थियो ।) जगदम्बा कुमारीले लोग्नेको नाउँमा ०१३ सालतिर स्थापना गरेको मदन पुरस्कार गुठीद्वारा स्थापित यो पुरस्कार साहित्य र विज्ञान, संस्कृतिको प्रवद्र्धनका लागि स्थापित एक मात्र पुरस्कार थियो । यो लौ त भने नेपाली साहित्यको क्षेत्रमा एउटा नोबेल पुरस्कारकै रूपमा हेरिन्थ्यो । राणाहरूले आर्जेको अकुत धनलाई यो पुनीत कार्य गरेर सदुपयोग गराउने श्रेयचाहिँ केदारमणि दीक्षित (अझ कमलमणि दीक्षित) लाई जान्छ ।

मदन पुरस्कारको राशि त्यतिखेर चार हजार मात्र थियो । तर चार हजार आजको चार लाखभन्दा कम थिएन । त्यसले मेरो आर्थिक अवस्थामा कायापलट गरिदियो । त्यसै पैसाबाट मैले पुरानो खाले छानो भएको घरमा टायलको छानो फेरेँ । अरू पनि पारिवारिक सुधारहरू धेरै गरेँ ।
‘नयाँसडकको गीत’ कथासङ्ग्रहले मदन पुरस्कार पाएर चर्चामा आएपछि साहित्यजगत्मा मेरो मूल्य निकै बढेको अनुभव भयो । अब मलाई सङ्घसंस्थाहरू, गोष्ठी–सम्मेलनहरूमा निमन्त्रणा आउन थाल्यो र पत्रपत्रिकाहरूले मेरा रचनाहरू छाप्न पाऊँ भनेर अनुरोध गर्न थाले । मैले छ सालमा शारदा पत्रिकाका सम्पादक गोविन्दबहादुर मल्ल ‘गोठाले’ सँग मनमनै गरेको हाँकपूर्ण अठोट पूरा हुन थाल्यो (मल्लजी ! आज तिमीले मेरो रचनालाई उपेक्षा गरेर छापेनौ, तर एक दिन तिमीले मसँग भन्नुपर्नेछ– ‘रमेशजी मेरा पत्रिकाका लागि एउटा रचना दिनोस् न !’)
भैरव अर्यालमार्पmत रोचक घिमिरेसँग मेरो परिचय थियो । भैरव अर्याल त मेरो छिमेकी गाउँले गोकर्ण दक्षिणढोका–निवासी नै थियो । ऊ शारदाविव्रmम बस्नेतकहाँ पनि आउँथ्यो । त्यसैले उससँग पहिले नै परिचय भइसकेको थियो– हास्यव्यङ्ग्यकार भैरव अर्यालका रूपमा होइन, एउटा सामान्य संस्कृत पढेको जिज्ञासु विद्यार्थीका रूपमा । त्यसैले मेरो अहम्ले उसलाई अलि हेय दृष्टिले नै हेर्ने गर्थें ।

एकपल्ट शारदाविव्रmमको घरमा हामी सँगै थियौँ । एउटा नाटक सिकाउने कुरा भयो । त्यतिखेर नाटकका नारीपात्रको भूमिका पनि पुरmषले नै निर्वाह गर्ने चलन थियो । मैले त्यतिखेर एउटा पौराणिक विषयवस्तुलाई समसामयिक (आधुनिक) परिपे्रक्ष्यमा प्रस्तुत गर्ने उद्देश्यले एउटा भागवत्को कथालाई लिएर श्रीकृष्णलाई नायक बनाएर एउटा नाटक लेखेको थिएँ– ‘जननेता श्रीकृष्ण’ । नाटक मञ्चन गर्दा राधाको भूमिका कसलाई दिने भन्ने प्रसङ्ग चल्दा मैले भैरवलाई दिनुपर्छ भनेर भनिदिएँ । किनभने उसको स्वर एकदमै जनाना–खाले थियो । सायद त्यसैले मेरो भनाइमा अलि व्यङ्ग्यको पुट थियो, भनौँ मेरो भनाइलाई उसले अलि अपमानको रूपमा लियो र मसँग रिसायो । पछि शारदाविव्रmमसँग भनेछ– ‘रमेश मलाई अलि होच्याएर बोल्छ ।’

के म अरूलाई होच्याएर बोल्छु ? मैले आपैmँसँग प्रश्न गर्नुप¥यो । सायद हो । त्यसैले मानिसहरू मसँग त्यति घनिष्ठतामा आउँदैनन् । यो मैले धेरैपल्ट अनुभव गरेको कुरा हो । तर के गरूँ सुधार्न कति प्रयत्न गर्छु तर नानीदेखि लाग्या बानी…।

त्यही भैरव अर्याल त्यतिखेर खुब कस्सिएर पढ्न थालेको थियो र सायद गोरखापत्रमा काम पनि गथ्र्यो । त्यसैले ऊ रोचककै घरमा डेरा गरी बस्थ्यो ।
अनि रोचकको सम्पादनमा एउटा द्वैमासिक पत्रिका पनि चलाउँथे उनीहरू– ‘रचना’ । अनि म पनि प्रचार (हालको सूचना) विभागमा काम गर्ने हुँदा गोरखापत्रमा बारम्बार जानुपथ्र्यो । यो सबै तारतम्यले गर्दा रोचकले मलाई पनि रचनाको सम्पादकमण्डलमा समावेश ग¥यो र सहायकका रूपमा पुरm रिसाल पनि लिइयो । ऊ पनि त्यतिखेर गोरखापत्रसँगै सम्बद्ध थियो ।
यसरी एउटा साहित्यिक पत्रिकामा संलग्न भएर काम गर्दा त्यतिखेरका पुरानादेखि लिएर नयाँ जल्दाबल्दा साहित्यिक हस्तीहरूसँग पनि सम्पर्क बढ्यो । कतिपयसँग त निकै निकटताको मित्रता कायम हुन पुग्यो । तिनमध्ये भूपी शेरचन, मोहनहिमांशु थापा, कृष्णभक्त श्रेष्ठ, मदन रेग्मी, द्वारिका श्रेष्ठ, उत्तम कुँवर, बालमुकुन्ददेव, पोषण पाण्डे आदि हुन् ।

हाम्रा साहित्यिक जमघट हुने ठाउँ रञ्जना सिनेमाहलबाहिरको एउटा सानो रेस्टुराँ छँदै थियो । त्यसताका कतिपय मेरा कथाहरू बहकिँदाको अन्तरालमा मानसिकरूपमा लेखिएका छन् । (तीमध्ये मेरो एउटा कथा ‘वीरेकी आमा’ उदाहरण हुनसक्छ ।) र कतिपय त्यतिखेरका मेरासहित नेपाली साहित्यका चर्चित–चर्चित साहित्यकारका कथा–कविताहरू त्यसै रेस्टुरेन्टका देन हुन्, र कति कथामा त्यहीँका कामदार ‘गोरे’ र ‘रामे’ छन् ।
मेरो एउटा कथा छ ‘सहरको सुस्केरा रातको अँध्यारामा’ । यो कथाको पनि आफ्नै एउटा जन्मकथा छ । एउटा रमाइलो घटनाको गर्भबाट जन्मेको मलाई अहिले सम्झना आउँछ– एक साँझ साबिकबमोजिम हामी रश्मि रेस्टुराँमा सबै साथीहरू जम्मा भएका थियौँ र चियाका सुर्कोसँग आकाश–पातालका कल्पनाका फुर्को गाँस्तै बसिरहेका थियौँ । छोटो रातको दिन भएकाले नौ बजे नै झन्नै आधा रातको भान गराइरहेको थियो ।

‘आज द्योमाकहाँ गएर केही मनोरञ्जन गर्ने कि ?’– भूपीले कुरा उठायो । अनि विजय (मल्ल) ले चहकिँदै आफ्नो खुल्ला हाँसो हाँस्तै त्यस प्रस्तावको समर्थन ग¥यो, ‘धेरै भयो त्यहाँ नगएको जाऔँ न त, आज रमाइलै गरौँ ।’
तर मैले समर्थन गरिनँ । किनभने हिँउदको रात भएकाले नौ बजे धेरै रात गइसकेको थियो । मलाई आरूबारीसम्म पैदल जानुपथ्र्यो र डेढ–पौने दुई घण्टा लाग्थ्यो । त्यसमाथि म खाली मनोरञ्जनबाट परै थिएँ, यो कुरा सबै साथीलाई थाहा थियो । यस्तो मान्छे उनीहरूका हलुवामा बालुवा बनेर किन मिसिन जानु ? तर मेरो नकार त्यहाँ स्वीकार्य भएन । विजयले लहडी खुला पाराले भन्यो– ‘हिँड् न हिँड्, आज क्यै नपिए पनि हामीसँग बस्न त सक्छस् । हामीलाई केही फरक पर्दैन । बरm तँलाई नै एउटा नौलो अनुभव हुन्छ । हिँड् ।’

मैले पनि सोचेँ– यस्तो ठाउँमा गएर पियक्कड साथीहरूसँग बस्ता कस्तो होला त ? एउटा नयाँ अनुभव नै हुन्छ ।
अनि हामी रश्मिबाट निस्किएर वसन्तपुरतिर लाग्यौँ, वसन्तपुरबाट एउटा अँध्यारो गल्ली (सायद झोँछे गल्ली) हुँदै एउटा चोकजस्तो ठाउँमा पुग्यौँ । एउटा पुरानो ढपको घरको अँध्यारो चिसो छिँडीको ढुसीको दुर्गन्ध पचाउँदै एउटा थोत्रो काठे भ¥याङबाट उक्लिएर लामो मटानमा पुग्यौँ । विजय भ¥याङ उक्लिँदै हकार्दै गयो– ‘द्योमा ! ए द्योमा !’
‘सु हँ ?’ एउटा भित्री कोठाबाट एउटी पैँतालीस–पचासकी बुढिया हातमा टुकी बत्ती लिएर निस्किन् । यिनी त्यस पानगृहकी मालिक्नी द्योमा थिइन् । टुकीको मधुरो उज्यालामा विजयलाई देखेर उनी चहकिइन्– ‘ओहो ! काजी ! यक्को जुल, काजीपीँ झाइमदिगु !’

त्यो मटान पूर्व–पश्चिम लामो परेको होचो थियो । दुईतिर भित्तामा लामो भोजे सुकुल बिछ्याएको थियो । सामान्य ग्राहकहरू त्यसैमा बसेर पान गर्थे । तर अलि विशेष ग्राहकलाई चाहिँ भित्रपट्टि कोठामा लगिन्थ्यो । बुढियाले (सायद यिनैलाई साथीहरूले द्योमा भनेका थिए ।) मटानसँगै जोडिएको दक्षिणपट्टिको एउटा कोठा खोलिदिइन् । त्यस कोठामा सुकुलमाथि सत्रन्जी बिछ्याएको थियो । ठाउँठाउँमा सुजनी (कपासको चकटी) बिछ्याइएको थियो । हामी त्यसभित्र पसेर यथास्थानमा बस्यौँ ।
‘छु हय्गु काजी पिँत ?’ तर त्यहाँ खानेकुरा अरू के नै हुन्थ्यो र ? विभिन्न परिकारका मासुहरू, च्युरा, सांँधेको भटमास, छ्वेला र ऐला (घरमा बनाएको रक्सी) ।

एकछिनपछि किस्तीमाथि सबै अर्डरको खानेकुरा लिएर एउटी तरmनी केटी पसी । अनि मबाहेक सबैका अगाडि सानो कचौरामा अन्ती (रक्सी हाल्ने भाँडो)बाट नेपाली चोखो रक्सीको धारा हाली गजजज फिँज निस्कने गरी । कचौरा (कचौरी) भरियो । अनि अरू अर्डरबमोजिमका ‘लोसा’ (सितन) हरू राखिदिई– हरियो लसुन (भटमास साँधेको र छ्वेला (सेकुवा मासु) । र मेरा लागि एउटा रिकापीमा च्युरा र माछा । मेरा लागि भनेर च्युरा र माछा मगाइदिए । साथीहरूका मदालस आँखाहरू त्यो राम्री केटीको धप्प बल्दो रूपसौन्दर्यमा लोभिएभैmँ लाग्यो मलाई । म पनि उसको रूपसौन्दर्य पान गर्न चुकिनँ ।

‘नानीचाला तसकँ बाँला’ (नानीचा त साह्रै राम्री) साथीहरूले नानीचासँग शिष्ट ठट्टा गरे । १७–१८ वर्षकी नानीचाको गोरो बन्किलो अनुहारमा गुलाफी रगत दौड्यो । ओठभरि स्मित मुस्कान छर्दै उसका माछा बान्कीका आँखा स्वाभाविक सङ्कोचले झुके । मेरो मन अब साथीहरूको खानपान र ठट्टा रमाइलोतिरभन्दा यौवनको पहिलो खुड्किलामा एउटा गोडा टेकेकी त्यस नानीचाका अङ्गप्रत्यङ्गमा चहार्दै उसको मनभित्र पस्ने प्रयत्न गर्न थाल्यो ।
हाम्रो नेपाली आँखाले खोज्ने सम्पूर्ण सुन्दरता उसमा पूर्ण थियो । गोरो रङ अर्धमङ्गोल बनोटको हिस्सी परेको अनुहार, ठिक्कको नेपाली कद (५.२), छरितो शरीर, सामान्य पहिरन, हाँस्ता फूल झर्लान् जस्ता पातला गुलाफी ओठ भनौँ सम्पूर्ण अङ्गअङ्ग मिलेको, कुनै अङ्ग पनि बढीघटी नभएको (अङ्ग्रेजीमा भन्दा– प्रोपर्सनेट । ऊ घरीघरी हामीलाई के चाहिन्छ भनेर हेर्न आउँथी । मुखले त सोध्दैनथी– सायद सङ्कोचाउँथी ऊ । उसका हँसिला आँखा, ओठले नै सबै प्रश्न फालेभैmँ लाग्थ्यो ।

एउटा कुरा त्यतिखेर मैले के ठम्याएको थिएँ भने ऊ जतिखेर बाहिर जान्थी, बाहिर मटानमा नाना किसिमका छिल्लिएका ठट्टा हाँसो छरिन्थे । म अड्कल गर्थें बाहिर मटानमा भएका सामान्य निम्नस्तरका (जँड्याहा) ग्राहकहरू नानीचाको त्यो रूप र जवानीमाथि भोका गिद्धले भैmँ हमला गर्न तत्पर भएका छन् र ती सम्पूर्ण अश्लील छेडछाड ठट्टा–हाँसो उसैलाई लिएर भइरहेको छ ।

अनि बिचरी नानीचा यी सम्पूर्ण नाल–रछानका फोहरजस्ता घीनलाग्दा ठट्टा घोचपेचको मार सहेर पनि रmन्चे हाँसो उनीहरूमा बाँड्न विवश थिई । किनभने उसको पेसै त्यस्तै थियो । ती तल्लाखाले भए पनि उनकी बज्यैका (सायद त्यो द्योमा उसकी बज्यै नै थिइन् अथवा अलि टाढा नाता पर्ने भनौँ मालिक्नी नै) मुख्य इष्टदेउता (ग्राहक) थिए र ती चिढिए भने उनको हातमुख सुक्ने थियो, चुलामा आगो बल्दैनथ्यो । हामीजस्ता भद्र (काजीसाप–स्तरका ग्राहकहरू त यसो कहिलेकाहीँ आउने न हुन् ।) त्यसैले यस्ता अशिष्ट हाँसोठट्टा र घोचपेचबाट मुटु आहत भएर मनमा आव्रmोशको आँधी उठे पनि ऊ त्यसलाई कृत्रिम हाँसोको पर्दाभित्र छोप्न विवश थिई ।

भित्र विशेष ग्राहकको कोठामा बसेर बाहिरका त्यो फोहरको छियाछिरीबाट भिजेको मेरो अति भावुक लेखक यस्तै खाले मनोविश्लेषण गरिरहेको थियो । त्यसै घटना र मनोविश्लेषणलाई विषयवस्तु तुल्याएर एउटा कथा सिर्जना गर्ने सोच बनाइरहेको थिएँ– आखिर म पनि त एकप्रकारको शोषक नै थिएँ, यस्तै घटना र त्यसलाई भोग्न विवश निरीह पात्रहरूको वेदना, पीडा अथवा खुसीलाई शोषण गरेर नै आफ्नो साहित्यिक व्यक्तित्वलाई उच्च तुल्याउँदै हिँडेको थिएँ । हिँड्दै छु ।

यसरी एक–डेढ घण्टा त्यहाँको साँगुरो गल्लीको चिसो र अँध्यारो मधुशालामा बिताएर हामी त्यहाँबाट निस्क्यौँ र आधा रातमा बाँसुरीको धुनलाई साथी बनाएर र भर्खरै भोगेको दारmण घटना र त्यसकी निरीह पात्रीलाई प्रमुख चरित्र तुल्याएर कथा लेख्ने तानाबाना बुन्दै घरतिर हिँडेँ– पैदल ।
यसरी त्यस एउटा घटनाबाट प्रेरित एउटा कथा जन्म्यो– ‘सहरको सुस्केरा रातको अँध्यारामा ।’ अनि त्यस अवधिमा मेरा केही कथासङ्ग्रहहरू प्रकाशित भए ।

(मञ्जरी पब्लिकेसनद्वारा प्रकाशित विकलको आत्मकथा ‘मेरो अविरल जीवनगीत’ बाट साभार । )